DISH HOME

राष्ट्र बैंकको ठूलो कदम, ४० अर्ब निक्षेप उठाउँदै

काठमाडौं ।केन्द्रीय बैंकले आज ९मंसिर २४० बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। यसका लागि राष्ट्र बैंकले १४ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ संकलन गर्ने जनाएको हो।

निक्षेप संकलनका लागि दिउँसो २ बजे अनलाइन बोलकबोल प्रक्रिया हुनेछ। बोलकबोल बहुब्याजदर प्रणालीमार्फत पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई मात्र बोलकबोलमा सहभागी हुने अनुमति दिइएको छ। सो निक्षेपको सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १३ गते हुनेछ। ब्याजदर भने बोलकबोलको क्रममा निर्धारण हुनेछ।

निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ तथा अधिकतम सीमा भने ५ करोडको गुणकमा रहने व्यवस्था गरिएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै