काठमाडौँ। धौलागिरी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बैंकर शिवराम जोशी नियुक्त भएका छन् । बाग्लुङस्थित धौलागिरी लघुवित्तको सीइओमा बैंकर शिवराम जोशी नियुक्त भएका हुन् ।
उनलाई संस्थाको सञ्चालक समितिको मंसिर १९ गते बसेको बैठकले उनलाई सोही दिनदेखि लागुहुनेगरी सिइओमा नियुक्त गरेको हो ।
जोशी करिब २ दशक लामो समय लघुवित्त क्षेत्रमा कार्यरत रहेका एक अनुभवी बैंकर हुन् । उनले मुक्तिनाथ विकास बैंकमा पनि काम गरेका छन्।
उनले आफ्नो कार्यकालमा लघुवित्तको सन्तुलित व्यापार विस्तार, थप सुदृढ ग्राहक सेवा र सुविधाहरू, नयाँ र सुरक्षित प्रविधियुक्त बैंकिङका सेवा प्रदान गर्दै लगानीकर्तालाई उचित प्रतिफलका साथै बजारमा लघुवित्तको सम्मानजनक उपस्थितलाई अझ मजबुत बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।



