DISH HOME

फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन एक्सेल डेभलपमेन्ट बैंकले वितरण गर्यो डस्टबिन

काठमाडौँ। एक्सेल डेभलपमेन्ट बैंकले डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत फोहोर व्यवस्थापनमा सहयोग पुर्याउन डस्टबिन वितरण कार्यक्रम सम्पन्न गरेको हो ।

यस कार्यक्रम अन्तर्गत धरान उपमहानगरपालिका अन्तर्गत श्री पिन्डेश्वर बाबाधाम व्यवस्थापन समिति, धरान १४, सुनसरीलाई १० थान डस्टबिन, ५ थान डस्ट प्यान, ५ थान कुचो, ५ थान झाडु हस्तान्तण गरेको छ । कार्यक्रममा धरान वडा नं. १४ को अध्यक्ष कृष्ण प्रसाद भट्ठराईले बैंकको यस कार्यप्रति खुसी व्यक्त गरे । उनले धरान १४ नंम्वर वडा धार्मीक रुपमा प्रख्यात रहि देश विदेशबाट धेरै सङख्यामा भक्तजन आउने र सो क्रममा मन्दिर परीसरलाई सफा राख्न यस बैंकले उपलब्ध गराएको डस्टबिन महत्वपुर्ण रहने बताए ।

श्री पिन्डेश्वर बाबाधाम व्यवस्थापन समिति को अध्यक्ष विकाश वनेपालीले बैंकको यस सामाजिक कार्यले मन्दिर क्षेत्र सफा राख्न महत्वपुर्ण भूमिका खेल्ने र सो कार्यको लागी बैंकप्रति धन्यवाद प्रकट गरे । यस कार्यक्रममा बैंकका कर्मचारी, स्थानीय बासिन्दा, तथा समाजसेवीहरूको समेत सक्रिय सहभागिता रहेको थियो ।

सहभागीहरू सबैले फोहोरलाई सही स्थानमा व्यवस्थापन गर्न तथा मन्दिरको सफाईमा योगदान पुर्याउन आह्वान गरे । डस्टबिन वितरण कार्यक्रमसँगै बैंकले अन्य थुप्रै सामाजिक उत्तरदायित्व कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, तथा वातावरण संरक्षणका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै