काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाका ऋणीहरूलाई कालोसूचीबाट हटाउनु पर्ने बताएका छन्। व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाका ६ लाख ऋणीलाई कालोसूचीबाट हटाउनु पर्ने बताएका हुन्।
आफ्नो केही कारणले बैंकको ऋण तिर्न नसकेर कालोसूचीमा परेका ६ लाख ऋणीलाई कालोसूचीबाट हटाउन प्रसाईंले माग गरेका छन् ।
प्रसाईंले बैंकर र व्यवसायी छुट्याउनुपर्नेमा पनि जोड दिएका छन्।



