PRABHU BANK

नेपाल एसबिआई बैंकले आफ्ना सेयरधनीहरुलाई ९.४७ प्रतिशत लाभांश वितरण गर्ने

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई ९.४७ लाभांश वितरण गर्ने भएको हो ।
बैंकको मंसिर ४ गते बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण गर्ने भएको हो । बैंकले ६ प्रतिशत बोनस सेयर र करसहित ३.४७ प्रतिशत नगद गरी ९.४७ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 
जसअनुसार बैंकले ५३ करोड ७३ लाख ७२ हजार ९३१ रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएको छ भने ३१ करोड ७ लाख ८० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश लगानीकर्ताहरुले पाउने भएका छन् । अघिल्लो वर्ष बैंकले ६ प्रतिशत बोनस र १०.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै