DISH HOME

एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा रावल र प्रमुख गुनासो अधिकारीमा खड्का नियुक्त

काठमाडौँ। एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारी र प्रमुख गुनासो अधिकारी पाएको छ। बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत-कम्पनी सचिव कमल खड्का नियुक्त भएका हुन् ।

बैंकको बुधबार मंसिर ३ गतेदेखि लागू हुनेगरी नियुक्त भएका प्रमुख सूचना अधिकारी जयन्द्र रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१-५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सकिने जनाइएको छ ।

साथै, यस बैंकको बैंकिङ सेवा सम्बन्धि कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी कमल खड्कालाई मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१-५९७०१०१ मा सम्पर्क गरी गुनासोको सम्बोधन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

 

 

 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै