मातृभूमि लघुवित्तको कामु सिइओमा बखत बहादुर बटाला नियुक्त

काठमाडौँ। मातृभूमि लघुवित्तको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ) मा बखत बहादुर बटाला नियुक्त भएका छन्। उनी मंसिर २ गतेदेखि लागू हुने गरी सो पदमा नियुक्त भएका हुन्।

कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको १७६ औँ बैठकले बखत बहादुरलाई उक्त पदमा नियुक्त गरेको हो।

लक्ष्मी प्रसाद शर्माले उक्त पदबाट राजीनामा दिए पश्चात् संस्थाका नायव प्रमुख कार्यकारी रहेका बटालालाई सीईओ कामु सिइओमा नियुक्त गरिएकाे हाे।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्