काठमाडौँ। नेपाल राष्ट्र बैंकले बैंकहरूमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मंसिर ३ गते साँझ ७:०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा दुई अर्ब ८२ करोड ४० लाख, विकास बैंकमा रु ५२ करोड ९५ लाख र वित्त कम्पनीमा रु १७ करोड ६५ लाख बराबरको रकम लगानी गर्न लागेको छ ।




