DISH HOME

घर बनाउनका लागि ऋण लिनेहरू बढे, ३ महिनामा बैंकहरुबाट ४ खर्ब ३९ अर्बबढी ऋण प्रवाह !

काठमाडौँ। बैंकहरुमा आवासीय व्यक्तिगत घर कर्जाको माग बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो त्रैमास (साउन-असोज)सम्मको तथ्यांक अनुसार बैंकहरुले ४ खर्ब ३९ अर्ब ९० करोड रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह गरेका छन्।

यो शीर्षकमा अघिल्लो आर्थिक वर्ष २०८१-८२ को असोजसम्म बैंकहरुले ३ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यो कर्जा १०.८४ प्रतिशतले बढेको छ।

असार मसान्तसम्म बैंकले ४ खर्ब १७ अर्ब ५६ करोड रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रदान गरेका थिए।

पछिल्लो ३ महिनामा बैंकहरुले थप २२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै