DISH HOME

कामना सेवा विकास बैंकका ग्राहकहरुलाई होटल सब्रिनामा छुट

काठमाडौँ । कामना सेवा विकास बैंक र होटल सब्रिनाबीच सम्झौता भएको छ। बैंकले काठमाडौं, बुढानिलकण्ठ स्थित होटल सब्रिनासँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको हो ।

जसअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

यस छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर थापाले हस्ताक्षर गरेका छन् ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै