DISH HOME

माछापुच्छ्रे बैंककी शर्माद्वारा गैरकानुनी काम गरेको स्वीकार, मागिन् माफी ! 

काठमाडौँ । माछापुच्छ्रे बैंकको ब्राण्ड विभागमा कार्यरत सुनिता शर्माले आफुले गैरकानुनी काम गरेको स्वीकार गर्दै माफी मागेकी छिन् । बैंकिङ संसार प्रतिनिधिसँग कुराकानी गर्दै उनले आफुले अन्जानबस् गैरकानुनी काम गरेको स्वीकार गरेकी हुन् ।
उनले आफ्नो गल्ती प्रति माफीसमेत मागेको बताएकी छिन् । ‘ह्युमन इरर भयो । मबाट गल्ती भएकै हो ।’ शर्माले भनिन्, ‘मैले यस विषयमा माफीसमेत मागिसकेको छु ।’
बैंकका सूचना अधिकारी सुनिल खतिवडाले पनि उनले गरेका गल्तीका लागि उनले माफी मागिसकेको पुष्टी गरेका छन् ।
शर्माले मिडियाको गोपनियता भंग गर्ने र सीइओको अप्रुभल विपरित काम गरेकी थिइन् । त्यसपछि भएको चौतर्फी विरोधका कारण बैंक उनको ठाउँमा सुनिल खतिवडालाई ल्याउन बाध्य भएको थियो ।
पछिल्लो समय बैंकको ब्राण्ड विभागमा काम गरेर सर्वाधिक विवादमा तानिएकी उनी दोश्रो व्यक्ति हुन् । यसअघि सिटिजन्स बैंककि ब्राण्ड विभागमा कार्यरत कर्मचारी सबैभन्दा विवादमा तानिएका थिए ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै