काठमाडौँ। नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छाप्ने भएको छ । राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’सँग सम्झौता गरेको छ ।
राष्ट्र बैंकका अनुसार सम्झौता नोटको डिजाइन, छपाइ र आपूर्ति सुनिश्चित गर्न गरिएको हो ।



