काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक तथा वित्तीय संस्थामा पैसा बढी हुँदा समस्या भएको जनाएका छन्। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) कार्यसमितिसँगको भेटमा उनले पैसा पर्याप्त भएर पनि लगानी नहुँदा समस्या उत्पन्न भएको जनाएका हुन्।
उनले लगानीकर्ताहरूको मनोबलमा गिरावट आएका कारण बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप लगानी हुन नसकेको बताएका छन् ।
राष्ट्र बैंकका गभर्नर पौडेलका अनुसार लगानीका लागि हरेक क्षेत्र खुला भए पनि लगानीकर्ताको मनोबल कमजोर बनेको छ । योसँगै उनले बैंकको ब्यालेन्ससिट तत्काल सप्रिहाल्ने अवस्था नदेखिएको समेत उल्लेख गरेका छन्।
‘सबै तिरबाट पुस गर्दा पनि गाह्रो छ । अहिले हामीसँग प्रर्याप्त पैसा छ । तर,लगानी हुन सकेको छैन, क्षेत्रगत रुपमा हेर्दा पनि यो क्षृत्रमा उत्साह छ भन्न सकिने अवस्था छैन । सबै क्षेत्र त्यस्तै शिथिल छ । कहिले पैसा नभएर समस्या कहिले पैसा धेरै भएर समस्या भयो,’ उनले भने ।



