काठमाडौँ। सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पवनकुमार आचार्य नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई आगामी ४ वर्षका लागि सिइओमा नियुक्त गरेको हो।
कम्पनी सचिव रुद्रप्रसाद बन्जराका अनुसार बैंकका सीईओ निश्चलराज पाण्डेको कार्यकाल माघ ११ गते सकिँदैछ । नवनियुक्त सिइओ आचार्यले आगामी माघ १२ गतेदेखि कार्यभार सम्हाल्ने छन्।
दुई दशक भन्दाबढी समयदेखि सानिमा बैंकमा आबद्ध आचार्यले विभिन्न पदमा रहेर काम गरिसकेका छन् ।




