DISH HOME

कुमारी बैंक र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारवाहीमा

काठमाडौँ । कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । राष्ट्र  बैंकको नियम उल्लघंन गरेको पाइएपछि कुमारी बैंक र प्राइम कमर्सियल बैंक कारबाहीमा परेका हुन्।

राष्ट्र बैंकले कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्थाको अनुपालना नगरेकोले कुमारी बैंकलाई सचेत गराएको छ ।

त्यस्तै, निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंकले कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, जोखिम भार गणना गर्दा यस बैंकबाट जारी क्यापिटल एडुक्वेसी फ्रेमवर्क २०१५ बमोजिम जोखिम भार गणना नगरेकोले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ ।

 

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै