काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप बढेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ८ अर्ब रुपैयाँले बढेको हो।
राष्ट्र बैंकको तथ्यांक अनुसार बुधबारसम्म ७४ खर्ब ९७ अर्ब रहेको निक्षेप बिहिबारसम्म ७५ खर्ब ५ अर्ब पुगेको हो। त्यस्तै, बैंकबाट प्रवाह हुने कर्जा पनि एकैदिन १ अर्ब रुपैयाँले बेढेको छ।
बैंकबाट प्रवाह हुने कर्जा बुधबारसम्म ५६ खर्ब ३८ अर्ब रहेकोमा बिहीबार ५६ खर्ब ३९ अर्ब पुगेको हो।
यता वाणिज्य बैंकको निक्षेप पनि ६७ खर्ब ४८ अर्ब पुगेको छ । वाणिज्य बैंकबाट ५० खर्ब १६ अर्ब कर्जा प्रवाह भएको छ । बैंकहरुको सिडी रेसियो घट्दै ७४.२९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.७५ प्रतिशत छ।



