काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोवलका साथ काम गर्न आग्रह गरेका छन्। उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले उच्च मनोवलका साथ काम गर्न, लगानी गर्न र नयाँ टेक्नोलोजी अनुसार अघि बढन व्यबसायीहरुलाई आग्रह गरेका हुन् ।
उनले उच्च मनोबलले मात्रै अहिलेको अर्थतन्त्र उकास्न सकिने कुरा बताएका छन्।
अहिले नेपाली बैंकहरूमा कतिपय समस्या आएको उल्लेख गर्दै उनले पुरानो व्यवसायिक घरानाहरूलाई पुरानो कर्जा तिर्न र नयाँ सस्तो दरको कर्जा लैजान आग्रह गरेका छन् ।
तर, पुरानो ऋण भुक्तानी नगर्ने, ऋण तिर्नलाई अर्को ऋण लिने काम गर्दा आफैलाई नोक्सान हुने उनले उल्लेख गरेक छन् ।



