काठमाडौँ। के तपाईंलाई आफूले कारोबार गरेको बैंकसँग कुनै गुनासो छ ? नेपाल राष्ट्र बैंकको निर्देशनमा बैंक तथा वित्तीय संस्थाले ग्राहकको गुनासो सुनुवाइको व्यवस्था गरेका छन् ।
यसका लागि उनीहरुले सूचना तथा गुनासो सुनुवाइ डेस्क स्थापना गरेका छन्। ग्राहकसँग आफूले कारोबार गर्ने बैंकसँग कुनै गुनासो छ भने त्यही डेस्कमा राख्न सक्छन्। बैंकहरुले आफ्नो वेबसाइटको अग्रभागमा गुनासो सुन्ने अधिकारीको नाम, पद, फोन नम्बर, मोबाइल नम्बर र ईमेल ठेगाना, हटलाइन नम्बर र गुनासो सुनुवाइसम्बन्धी अनलाइन पोर्टल राखेका हुन्छन्।
यसरी सम्बन्धित बैंक वा वित्तीय संस्थामा गुनासो राख्दसमेत सुनुवाइ नभएमा राष्ट्र बैंकको http://gunaso.nrb.org.npमा आफ्नो गुनासो दर्ता गर्न सकिन्छ।




