राष्ट्र बैंकको कार्यकारी निर्देशकमा राजन विक्रम थापा बढुवा (सूचनासहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा राजन विक्रम थापा बढुवा भएका छन् । राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले थापालाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो।

उनलाई राष्ट्र बैंकले प्रशासन सेवातर्फ रिक्त रहेको कार्यकारी निर्देशक पूर्ति गर्न राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन समेत) को विनियम ५२ बमोजिम सम्भाव्य भएका निर्देशक (अधिकृत प्रथम) पदमा कार्यरत अधिकृतहरुमध्येबाट सोही विनियमावलीको विनियम ६५ को उपविनियम (२) अनुसार देहायका निर्देशक (अधिकृत प्रथम) लाई कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) पदमा बढुवा गरेको छ ।

थापालाई गभर्नरको कार्यालयको जिम्मेवारी दिइएको छ। सूचनासहित:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्