एनआईसी एशिया बैंकको सिइओमा सुजित शाक्य नियुक्त

काठमाडौँ। एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सुजित कुमार शाक्य नियुक्त भएका छन्। बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले शाक्यलाई ४ वर्षे कार्यकालका लागि सिइओ पदमा नियुक्त गरेको हो।

शाक्य अहिले नबिल बैंकको वरिष्ठ डेपुटी सिइओ हुन्। शाक्यले नबिल बैंकमा कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

शाक्यसँग बैंकिङको तीन दशक लामो काम गरेको अनुभव छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्