काठमाडौँ। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर बन्न राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूको तीब्र दौडधुप सुरु भएको छ ।
हालका डेपुटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना र बम बहादुर मिश्रको कार्यकाल सकिन केही समय मात्रै बाँकी रहेको अवस्थामा हालका कार्यकारी निर्देशकहरूले डेपुटी गभर्नर बन्न लविङ्ग सुरु गरेका हुन् ।
हालका डेपुटी गभर्नरद्वय डा.निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको कार्यकाल आगामी फागुनमा सकिँदैछ । उनीहरूको कार्यकाल समाप्त हुन केही महिना बाँकी रहँदा १८ जना कार्यकारी निर्देशकहरू डेपुटी गभर्नर बन्नका लागि दौडधुप सुरु गरेका छन् ।
डा. ढुंगाना र मिश्रलाई तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको सिफारिसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका थिए । अब उनीहरूको कार्यकाल सकिन लागेसँगै नयाँ नेतृत्वबारे चासो गर्नेहरू पनि बढ्दै गएको छ।



