DISH HOME

शनिबार पनि आरटीजीएस प्रणाली खुला रहने

काठमाडौँ।शनिबार पनि आरटीजीएस प्रणाली खुल्ला रहने भएको छ। नेपाल राष्ट्र बैंकले शनिबार पनि रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली खुल्ला रहने जनाएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले शनिबार पनि आरटीजीएस सेवा खुल्ला राखिने जनाएको हो । शनिबारका लागि बिहान १० बजेदेखि ४ बजेसम्म आरटीजीएस सेवा खुल्ला रहने बैंकले जनाएको छ ।

अरु बार बिहान कार्यालय समय अर्थात् बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै आरटीजीएस सेवा खुल्ला रहने गर्छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै