नेपाल राष्ट्र बैंकको सम्पत्ति १ महिनामै ४१ अर्वले बढ्यो

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति बढेको छ । बैंकको १ महिनामा नै ४१ अर्व रुपैयाँ सम्पत्ति बढेको हो । गत महिना बैंकको १४ खर्व ८४ अर्व ५५ करोड २३ लाख ४२ हजार ९४९ रुपैयाँ सम्पति रहेकोमा यस महिना १५ खर्व २५ अर्व १८ करोड ४७ लाख ८६ हजार ३९६ रुपैयाँ पुगेको छ । 
सबैभन्दा बढि नगद तथा नगद समानमा सम्पत्ति बढेको देखिन्छ । नगद तथा नगद समानमा गत महिना ६ खर्वअ ६० अर्व ३८ करोड ५९ लाख ३ हजार ९८८ रहेकोमा यस महिना ७ खर्व ४ अर्व ५५ करोड ९१ लाख ८४ हजार ६८५ पुगेको छ । यस्तै सुनचाँदी, बैंक तथा वित्तिय संस्थालाई दिएको ऋण तथा सापटी, स्थिर सम्पति तथा उपकरणमा बढेको कारण पनि राष्ट्र बैंकको सम्पत्ति बढेको हो ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्