काठमाडौँ। कर्णाली डेभलपमेन्ट बैंक घोटाला प्रकरणका केही कागजात नष्ट भएको खुलासा भएको छ। जेनजी प्रदशनको समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आर्थिक अपराध अनुसन्धान गर्ने ‘पिलर’ मा रहेको बैंक घोटाला प्रकरणका केही कागजात नष्ट भएको खुलासा भएको हो।
प्रदर्शनकारीले बैंकको ९ सय पृष्ठको मिसिल सडकमा ल्याएर आगो लगाएको पाइएको हो। उनीहरूले लाजिम्पाटस्थित सीआईबीको भुइँतलामा रहेको आर्थिक अपराधसम्बन्धी पिलरमा तोडफोड गरेका थिए।
सोही क्रममा बैंक घोटाला प्रकरणका केही कागजात नष्ट भएको खुलासा भएको छ। उक्त फाइल कसले जलायो भन्ने विषयमा अनुसन्धान भइरहेको बुझिएको छ।