DISH HOME

काठमाडौँ उपत्यका बाहिरका कर्मचारीहरु आउँदा बास बस्नका लागि राष्ट्र बैंकले होटलसँग सम्झौता गर्ने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यका बाहिरका कर्मचारीहरु आउँदा बास बस्नका लागि होटलसँग सम्झौता गर्ने भएको छ ।
राष्ट्र बैंकका कर्मचारीहरु कामको सिलसिलामा काठमाडौं आउँदा बास बस्नको लागि गुणस्तरीय अतिथि गृह आवश्यक परेकाले केन्द्रीय बैंकले सूचना जारी गरेको हो ।
सेवा दिन चाहने होटल, अतिथि गृह वा गेष्टहाउस राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार र थापाथलीस्थित कार्यालय आसपास, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला, एयरपोर्ट सिनामंगलसम्म चक्रपथको ५०० मिटर भित्र हुनुपर्नेछ । यसका लागि केन्द्रीय बैंकले १९ बुँदामा दर्जनौं मापदण्ड तोकेको छ ।
होटल प्रयोग भएको दिन र संख्याको आधारमा मात्र मासिक रुपमा कम्पनीको खातामा भुक्तानी गरिनेछ ।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै