काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकको भल्टबाटै पैसा गायब भएको खुलासा भएको छ । बैंकको गोरखामा रहेको शाखाको भल्टबाट लाखौँ रुपैयाँ गायब भएको खुलासा भएको हो । ब्रान्च मेनेजरले तिर्ने गरी सो केस सल्टाइएकोसमेत पाइएको हो ।
यता ऋण नतिरेको भन्दै कालोसूचीमा परेका सांग्रिला डेभलपमेन्ट बैंकका तत्कालीन सिइओ राजेन्द्र प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्था ऐन विपरित संचालकको सेयरलाई धितोबन्धक राख्न अनुमति दिएको खुलासा भएको छ ।
उनले कानुन नै मिचेर संचालक रहेका व्यक्तिको सेयरलाई बन्धक राख्न अनुमति दिएको पाइएको हो ।