DISH HOME

खातामा ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एशिया बैंकको आग्रह

काठमाडौँ। एनआईसी एशिया बैंकले खातामा ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई आग्रह गरेको छ। ग्राहकहरूलाई गतिशील बैंकिङको अभ्यास गरिरहेको खातामा खातामा ईमेल ठेगाना अद्यावधिक गर्न बैंकले आग्रह गरेको हो।

बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ एप NIC ASIA MoBank मा रहेकाे MyProfile मा ट्याप गरी Change Email बैंकका ग्राहकहरूको आफ्नो खातामा बैंकको भिडियो केवाईसी छनौट गरी आफ्नो ईमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन्।

साथै, बैंकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा ईमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाएको छ ।

ईमेल ठेगाना अद्यावधिक नभएको खण्डमा बैंकको नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रको फोन नम्बरहरू १६६०-०१-७७७७१, ०१-५९७०१०१ मा सम्पर्क गरी जानकारी लिन हुन आग्रह गरेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै