हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्न राष्ट्र बैंकले दियो स्वीकृति

काठमाडौँ। नेपाल राष्ट्र बैंकले हिमालयन बैंकको संस्थापक सेयर बिक्री गर्न स्वीकृति दिएको छ। राष्ट्र बैंकले हिमालयन बैंकको संस्थापक सेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्री गर्न स्वीकृति दिएको हो ।

राष्ट्र बैंकको स्वीकृति पाएपछि अब हबिब बैंकको नाममा रहेका संस्थापक सेयर नेशनल लाइफमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढ्नेछ।

पाकिस्तानको हबिब बैंकले आफूसँग रहेका हिमालयन बैंकका २ करोड ८० लाख १२ हजार ४४७ कित्ता सेयर नेशनल लाइफलाई बिक्री गर्न साउनको अन्तिम साता सम्झौता गरेको थियो।

सोही सम्झौता अनुसार कारोबार गर्न राष्ट्र बैंकले अनुमति दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्