DISH HOME

कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौँ। कामना सेवा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको साधारणसभा असोज २४ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा सम्पन्न भएको हो ।

बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट १० प्रतिशत बोनस सेयर तथा ५.७८९५ प्रतिशत नगद लाभांश (कर समेत) गरि कुल १५.७८९५ प्रतिशत लाभाशं पारित गरेको छ ।

साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आव२०८१-८२ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आवको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

उक्त साधारणसभाले आव२०८२-०८३ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै