DISH HOME

राष्ट्र बैंकमाथि कार्यदलका सुझावहरू तत्काल लागू गर्नुपर्ने भन्दै चौतर्फी दबाब !

काठमाडौँ। नेपाल राष्ट्र बैंक पूँजीबजार सुधार सुझाव कार्यदलले पेश गरेका सिफारिसहरूमध्ये राष्ट्र बैंकसँग सम्बन्धित बुँदाहरू कार्यान्वयन गर्न आन्तरिक तयारीमा जुटेको छ। कार्यदलका सुझावहरू तत्काल लागू गर्नुपर्ने भन्दै राष्ट्र बैंकमाथि चौतर्फी दबाव परेको छ।

विशेषत: ती सुझावहरूले सेयर लगानीकर्ताको मनोबल तत्काल बढाउने आशा गरिएको छ। कार्यदलले सुझाएको प्रमुख बुँदा मार्जिन प्रकृतिको कर्जाको ब्याज भुक्तानीसँग सम्बन्धित छ। वर्तमान व्यवस्थाअनुसार २०८२ सालको असोज मसान्तसम्म बुझाउनुपर्ने ब्याजमा कार्यदलले अतिरिक्त जरिवाना नलाग्ने व्यवस्था गर्न सुझाव दिएको हो।

उक्त सुझाव अनुसार पौष मसान्तसम्म ब्याज तिर्न समय दिइनुपर्ने प्रस्ताव गरिएको छ। तर, राष्ट्र बैंकले पौष मसान्तसम्म समय दिने प्रस्तावलाई केही संशोधन गर्दै कात्तिक मसान्तसम्मको समय दिने विषयमा छलफल गरिरहेको बुझिएको छ।

यस निर्णयले सेयर लगानीकर्तालाई असोज मसान्तमा ब्याज तिर्नका लागि रकम जुटाउन हतार नगर्न सकिने स्पष्ट सन्देश दिन सक्ने देखिन्छ। यसबारे बैंक तथा वित्तीय संस्थाहरुलाई चाँडै परिपत्र जारी गर्ने तयारी राष्ट्र बैंकले गरिरहेको स्रोतले जनाएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै