अब वालेटबाट दैनिक ४० पटकसम्म रकम जम्मा गर्न सकिने !

काठमाडौँ। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेको वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा बढाएको छ। राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै भुक्तानी सेवा प्रदायकहरुले सञ्चालन गरेको वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा बढाएर दैनिक ४० पटकसम्म पुर्याएको हो।

अब सेवाग्राहीले दशैंको अवसरमा असोज १३ गतेदेखि असोज २१ गतेसम्म, तिहार र छठका अवसरमा कात्तिक ३ गतेदेखि कात्तिक १० गतेसम्मका लागि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा ४० पटकसम्म रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

राष्ट्र बैंकले जारी गरेको सूचना हेर्नुहोस्:

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्