ऋणीहरूलाई ऋण तिर्न लुम्बिनी विकास बैंकले दियो २१ दिनको समय, ऋण नतिरे सम्पूर्ण धितो लिलाम हुने बैंकको चेतवानी !

काठमाडौँ। लुम्बिनी विकास बैंकले आफ्ना ऋणीहरूलाई ऋण तिर्न आग्रह गरेको छ । बैंकले एक सूचना जारी गर्दै आफ्ना ऋणीहरूलाई ऋण तिर्न २१ दिनको समय दिएको हो।

बैंकले ऋणीहरुलाई लिखित तथा पटकपटक फोन गरेर ताकेता गर्दा पनि ऋण तिर्न नआएपछि बैंकले  ऋणीहरुलाई ऋण तिर्न २१ दिनको समय दिएको छ ।

बैंकले दिएको २१ दिनको समयमा पनि ऋणको सावाँ तथा ब्याज तिर्न नआउने ऋणीहरूलाई बैंकले कानुनी कारवाही गर्ने चेतवानीसमेत दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्