काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको ८५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा १२ करोड ७५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ४ करोड २५ लाख लगानी गर्न लागेको छ ।
यो रकम ३६६ दिनका लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । साथै, यसरी राखिएको मुद्दती निक्षेपको ब्याज बैंक तथा वित्तीय संस्थाले मासिक रुपमा भुक्तानी गर्नुपर्नेछ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले असोज ८ गतेसम्म उचित ब्याजदर प्रस्ताव गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।