prabhu

दशैँमा पनि जागिरमा जानु परेपछि बैंकरहरुले गरे बैंकको जागिर नै छोड्ने तयारी !

काठमाडौँ। दशैँमा पनि जागिरमा जानु परेपछि कतिपय बैंकरहरुले बैंकको जागिर नै छोड्ने तयारी गरेका छन् । देशको विषम परिस्थितिमा पनि गाउँ जान नपाएर उल्टै जागिरमै पेलिनुपरेको भन्दै बैंकको जागिर छोड्नेहरु बढेका हुन् ।

ग्राहकलाई सहज सेवा दिन भन्दै दशैँमा पनि शाखा खोल्न लगाइरहे पनि केहि बैंकहरूले कर्मचारीलाई अतिरिक्त सुविधा नै नदिने गरेको गुनासो बैंकरहरुको छ ।

लामो समयदेखि निरन्तर तनावपूर्ण तालिकामा काम गर्दै आएका उनीहरूलाई चाडपर्वको बेला समेत आराम नपाउने अवस्था बनेपछि बैंकरहरु निराश देखिएका हुन्।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै