prabhu

वाणिज्य बैंकहरूकाे अन्तरबैंक कारोबार बढ्यो, एक महिनामा ८७ अर्ब बढी कारोबार !

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरूकाे अन्तर बैंक कारोबार बढेको छ। चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा अन्य बैंक तथा वित्तीय संस्थाको काराेबारमा गिरावट देखिँदा वाणिज्य बैंकको अन्तर कारोबार बढेको हाे ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको साउनमा वाणिज्य बैंकहरूको अन्तरबैंक कारोबार ८७ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको अन्तर बैंक कारोबार ५१ अर्ब ५० करोड रुपैयाँ रहेको थियो।

राष्ट्र बैंकका अनुसार अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरू बाहेक) काे काराेबार ७ अर्ब ४५ करोड रहेको छ । यस्तै, वाणिज्य बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको समग्रमा ९४ अर्ब ९४ करोड रूपैयाँकाे अन्तर बैंक कारोबार भएको छ।

यस्तै, अन्य वित्तीय संस्थाहरूको ६५ करोड रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षमा समग्रमा ५२ अर्ब १५ करोड रुपैयाँको अन्तर कारोबार भएको थियो।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै