काठमाडौँ। नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ। राष्ट्र बैंकले थापाथलीस्थित आफ्नो कार्यालयबाट सोमबारदेखि सुकिला नोट वितरण सुरु गरेको हो ।
बैंकका अनुसार जनही एक सेट सटही गर्न पाइने छन् । देशको अहिलेको स्थितिले गर्दा सुकिला नोट वितरणमा अहिले अलि न्यून सहभागिता रहेको देखिन्छ ।
दशैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको थापाथलीस्थित मुद्रा व्यवस्थापन विभाग प्रदेशस्थित कार्यालयहरू विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । तस्विरहरू: