prabhu

जेलबाट बैंकिङ घोटालाका अभियुक्त भागे, बैंकरहरू लुटिने त्रासमा

काठमाडौँ । नेपालभर फैलिएको जेनजेड आन्दोलनले देशलाई अशान्त बनाएको छ । आन्दोलनकारीहरूले कारागारमा आगजनी र तोडफोड गरेपछि कैदीहरू ठूलो संख्यामा फरार भएका छन् । त्यसमध्ये हत्या, बलात्कार, चोरी, डकैतीका अभियुक्तहरूसँगै बैंकिङ घोटालामा संलग्न ठूला व्यापारी र वित्तीय अपराधमा समावेश व्यक्तिहरू समेत भागेका छन् ।

बैंकिङ घोटाला प्रकरणमा दोषी ठहर भई जेल जीवन बिताइरहेका थुप्रै अभियुक्त कारागार तोडफोडकै क्रममा बाहिर निस्किएका छन् । यसले बैंक तथा वित्तीय संस्थाका कर्मचारी र सञ्चालकहरूलाई थप चिन्तित बनाएको छ। कारण, ती अभियुक्तहरू मुक्त भएसँगै बैंकिङ प्रणालीमै नयाँ संकट उत्पन्न हुन सक्ने आशंका गरिएको छ।

यता, आन्दोलन उग्र बन्दै गर्दा बैंकरहरूले आफूहरू लक्ष्य बन्ने डर व्यक्त गरेका छन्। आन्दोलनकारीहरूको रिस सरकारी निकाय र पूँजीपतिमाथि केन्द्रित भए पनि, बैंकिङ घोटालाका मुद्दामा संलग्न अभियुक्तहरू सडकमा खुला हिँड्न थालेपछि उनीहरू आक्रोशित भीडसँग मिलेर बैंक, वित्तीय संस्था तथा कर्मचारीहरूलाई प्रत्यक्षत: आक्रमण गर्न सक्छन् भन्ने आशंका बढेको हो ।

आन्दोलनकै क्रममा विभिन्न सहरमा बैंकका शाखा, एटिएम मेसिन तोडफोड भइसकेका छन्। अब जेलबाट भागेका बैंकिङ अपराधीहरू पनि आन्दोलनको लहरमा मिसिँदा वित्तीय प्रणाली पूर्ण रूपमा अस्तव्यस्त हुने खतरा छ।

यस कारण, बैंक तथा वित्तीय संस्थाले आन्तरिक सुरक्षा बढाउने, शाखा सीमित गर्ने र कर्मचारीलाई सतर्क रहन निर्देशन दिन थालेका छन्। तर आन्दोलन अझै शान्त नबनेसम्म र फरार अभियुक्तहरू नियन्त्रणमा नआएसम्म बैंकिङ क्षेत्र संकटग्रस्त अवस्थामा रहने अनुमान गरिएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै