DISH HOME

भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न राष्ट्र बैंकले ल्यायो एसआईपीएस (विवरणसहित)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले ‘फ्रेमवर्क फर आइडेन्टिफाइङ सिस्मेटिक्कली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम (एसआईपीएस) ल्याएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै भुक्तानी प्रणालीहरुको पहिचान गरी त्यस्ता प्रणालीको सञ्चालन एवं व्यवस्थापनलाई थप सुदृढ, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यका साथै एसआईपीएस तयार गरेको जनाएको हो।

एसआईपीएसको मुख्य उद्देश्य त्यस्ता भुक्तानी प्रणालीहरु पहिचान गर्नु हो। जसको अवरोधले व्यापक वित्तीय प्रणालीमा जोखिम उत्पन्न र प्रसारित गर्न सक्छ। वित्तीय तनाव वा सञ्चालन अवरोधको अवधिमा महत्वपूर्ण भुक्तानी प्रणालीको लचिलोपन र निरन्तरता सुनिश्चित गर्ने पनि यसको अर्को उद्देश्य रहेको छ।

राष्ट्र बैंकका अनुसार विभिन्न प्रकारका जोखिम पहिचान गर्ने र तिनीहरु कसरी उत्पन्न हुन सक्छन् र प्रणालीमा प्रसारित हुन्छन् भन्ने कुरा बुझ्ने पनि यसको उद्देश्य रहेको छ। सूचनासहित:

Frameowrk-for-Identifying-Systemically-Important-Payment-Systems

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै