कुमारी बैंकले १० वर्षदेखि कारोबार नभएका खाता बन्द गर्दै

काठमाडौँ। कुमारी बैंकले कारोबार नभएका खाता बन्द गर्ने भएको छ। बैंकले शून्य मौज्दात भई कारोबार नभएका खाताहरु बन्द गर्ने भएको हो।

बैंकले ३५ दिने सूचना सार्वजनिक गर्दै १० वर्षदेखि कारोबार नभएका खाताहरू बन्द गर्न लागेको हो ।

बैंकले खातावालाहरूलाई आफ्नो नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो खाता अध्यावधिक गरी खाता सुचारू गर्न आग्रह समेत गरेको छ।

३५ दिनभित्र सुचारू नभएका खाताहरू प्रचलित नियमअनुसार बन्द गरिने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्