prabhu

बैंकहरुले लेखापरीक्षण प्रतिवेदन नयाँ ढाँचामा बनाउनुपर्ने

काठमाडौँ। बैंकहरुले गतबर्षको लेखापरीक्षण प्रतिवेदन नयाँ ढाँचामा बनाउनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंकहरुले तयार पार्ने लेखापरीक्षण प्रतिवेदनको ढाँचा परिवर्तन गरेको छ । राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै एकीकृत निर्देशन संशोधन गरेको हो ।

आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदन अब बैंकहरुले नयाँ ढाँचामा बनाउनुपर्ने छ । आईटी, साइबर सेक्युरिटीको जोखिमका विषयमा, आन्तरिक नियन्त्रण प्रणालीतर्फ एवं राष्ट्र बैंकको अनुगमन प्रतिवेदन, डिजिटल बैंकिङसमेतबारे राय थप गर्नुपर्नेछ ।

राष्ट्र बैंकले लेखापरीक्षकले जोखिम व्यवस्थापनबारे दिनुपर्ने राय सहित कर्जा जोखिमजर्फ गैरबैंकिङ सम्पत्ति, ईएसआरएम, जोखिम व्यवस्थापन समितिबारे पनि राय दिनुपर्ने व्यवस्था संशोधित एकीकृत निर्देशनमा उल्लेख गरेको छ । सूचनासहित:

Nepal Rastra bank

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै