काठमाडौँ । एनआईसी एशिया बाणिज्य बैंकहरुमध्येकै सबै भन्दा कमजोर बैंक बनेको छ । बर्षभरिमा जम्मा १६ करोड १५ लाख रुपैयाँ कमाएको एनआईसी एशिया सबैभन्दा कमजोर बैंक बनेको हो ।
अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा ७० करोड १४ लाख रुपैयाँ थियो । गत आर्थिक वर्षको तुलनामा यो बर्ष बैंकको नाफा ८५.५२ प्रतिशतले खुम्चिएको हो ।
बैंकको ब्याज आम्दानी ४.४६ प्रतिशतले घटेर १० अर्ब २५ करोडमा सीमित भएको छ । बैंकको वितरणयोग्य नाफा पनि ५ अव्व २१ करोड रुपैयाँ ऋणात्मक छ । यो बैंकले सेयरधनीहरुलाई रित्तो हात बनाएको निकै बर्ष भईसकेको छ ।