काठमाडौं । मञ्जुश्री फाइनान्सले गत आर्थिक वर्षमा उल्लेख्य वित्तीय प्रगति गरेको छ। चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार, कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा ३९.९७% बढेर ३१ करोड ४४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा नाफा २२ करोड ४६ लाख रुपैयाँ मात्र थियो।
नाफा वृद्धि मुख्यतः खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीको वृद्धिका कारण भएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १६.५१% बढेर ८७ करोड ३२ लाख रुपैयाँ पुग्यो, जसले सञ्चालन मुनाफा ४८.५०% ले बढाउँदै ५१ करोड ८० लाख रुपैयाँमा पुर्यायो।
वितरणयोग्य मुनाफा ३५ करोड ४५ लाख रुपैयाँ, निक्षेप २५.८९% वृद्धि भई २२ अर्ब ९४ करोड रुपैयाँ र कुल कर्जा वितरण १९.६५% वृद्धि भई १८ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब ३५ करोड रुपैयाँ, रिटेन्ड अर्निङ ७३ करोड ८२ लाख रुपैयाँ र जगेडा कोषमा पनि ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ। खराब कर्जा अघिल्लो वर्षको ३.२२% बाट घटेर ३.११% मा झरेको छ।
प्रतिसेयर आम्दानी (EPS) २३ रुपैयाँ २६ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ८५ पैसा र मूल्य–आम्दानी अनुपात २६.७९ गुणा रहेको छ।
मञ्जुश्री फाइनान्सले नाफा, EPS, निक्षेप, कर्जा, ब्याज आम्दानी सबै क्षेत्रमा सुधार गर्दै लाभांश वितरण क्षमता पनि मजबुत पारेको छ।