DISH HOME

समृद्धि फाइनान्सको बुटवल शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौँ। समृद्धि फाइनान्सको बुटवल शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। फाइनान्सको बुटवल शाखाले २०८२ साल श्रावण २५ गते शाखा परिसरमा आफ्ना कर्जाग्राही तथा स्थानीय व्यवसायीहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा ३२ जना सहभागी भएका थिए। कार्यक्रममा हालको बैंकिङ क्षेत्रको अवस्था, बैंकिङ प्रणाली कसरी सञ्चालन हुन्छ, बचत गर्ने बानी, ऋण र यसको उचित प्रयोगका विषयमा जानकारी प्रदान गरिएको थियो।

वित्तीय साक्षरता कार्यक्रमको प्रमुख उद्देश्य विद्यमान ग्राहकहरू र नजिकका व्यवसायीहरूसँगको सम्बन्ध थप सुदृढ गर्नुका साथै वित्तीय ज्ञान प्रदान गरी तिनीहरूलाई सम्भावित ग्राहकका रूपमा परिचय गराउनु हो । कार्यक्रममा विद्यमान ग्राहक र व्यवसायीहरूलाई ऋणको उचित उपयोग र बैंकिङ सम्बन्धी विभिन्न पक्षबारे जानकारी प्रदान गराएर उनीहरूलाई सचेत र जागरूक बनाइएको थियो।

नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू .आर कोड  जस्ता डिजिटल सुविधाहरु  प्रदन गरिरहेको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै