काठमाडौँ। आइतबार सार्वजनिक विदा हुने भएको छ। आउँदो आइतबार गाइजात्राको अवसरमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिने भयेपछी बैंकहरु पनि बिदा हुने भएका छन् ।
प्रदेश सरकारले २५ गते गाईजात्राको अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाईजात्राको सार्वजनिक विदा दिने निर्णय प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरेर जानकारी गराएको छ ।
धेरैपछी शनिबार र आइतबार दुई दिन निरन्तर बिदा हुने भएपछि बैंकका कर्मचारीहरु मख्ख परेका छन् । यो दिन बैंकका केही होलिडे काउन्टर भने खुला रहनेछन्।