काठमाडौँ। बैंकिङ कसुरको मुद्धामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ६० वर्षीय जनक राउत रहेका छन्।
पैसा नभएको चेक दिएर अपराध गरेको प्रमाणित भई अदालतले जेल सजाय र जरिवाना सुनाएपछि भागेका ६० वर्षीय जनक राउतलाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका-५ लुभु घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका- १ गागलफेदी बस्ने राउतले पैसा नै नभएको चेक दिएर ठगेको प्रमाणित भएपछि अदालतले उनलाई २५ लाख बिगो र १ महिना जेल सजाय सुनाएको थियो ।