prabhu

महालक्ष्मी विकास बैंक र एचडीएफसी बैंकबीच समझदारी, नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र भारतको प्रमुख वित्तीय संस्था एचडीएफसी बैंकबीच सीमा–पार भुक्तानी सेवा सञ्चालन तथा भारतबाट नेपालमा रकम ट्रान्सफर गर्न सकिने प्रणाली विकास गर्न समझदारी भएको छ।

यस समझदारीअनुसार महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई भारतबाट नेपालमा सजिलै भुक्तानी गर्न मिल्ने प्रणाली सुरु गरेको छ। यस प्रकारको सेवा सञ्चालन गर्ने पहिलो विकास बैंक बन्ने गौरव महालक्ष्मी विकास बैंकले हासिल गरेको छ।दुवै बैंकले आवश्यक सम्पूर्ण प्रक्रियागत कामहरू पुरा गरी परीक्षण कारोबार समेत सम्पन्न गरिसकेका छन्।

भारतबाट नेपाल सिधा भुक्तानी
समझदारी अनुसार महालक्ष्मी विकास बैंकले एचडीएफसी बैंकको अत्याधुनिक क्यास म्यानेजमेन्ट सिस्टम (CMS) को प्रयोगमार्फत चेक कलेक्सन र इलेक्ट्रोनिक फन्ड ट्रान्सफर सेवा प्रयोग गर्न पाउनेछ।

यस प्रणालीमार्फत:

नेशनल इलेक्ट्रोनिक फण्ड ट्रान्सफर (NEFT)

रियल टाईम ग्रस सेटलमेन्ट (RTGS)

अन्य फन्ड ट्रान्सफर माध्यमहरू

मार्फत भारतका ग्राहकहरूले नेपालमा रहेको महालक्ष्मी विकास बैंकको खातामा प्रत्यक्ष रकम जम्मा गर्न सक्नेछन्। त्यस्तै, भारतमा रहेका अन्य बैंकहरूबाट चेक जम्मा गरेर पनि नेपालमा रकम पठाउन सकिने व्यवस्था गरिएको छ।

सीमा–पार कारोबारलाई डिजिटल सञ्जाल
बैंकका अनुसार, यस सेवा प्रणालीले नेपाल-भारतबीचको बैंकिङ सम्बन्धलाई थप सुदृढ बनाउने, र सीमा-पार व्यापार तथा रेमिट्यान्स कारोबारमा संलग्न ग्राहकहरूलाई छरितो, प्रभावकारी र प्रविधिमैत्री सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। साथै, यो प्रणाली बैंकको डिजिटल नवप्रवर्तन, सेवा विस्तार र ग्राहक सेवा प्रतिबद्धतामा समेत सघाउ पुग्ने विश्वास व्यक्त गरिएको छ।

डिजिटल सेवामा निरन्तर सुधार
हालै मात्र महालक्ष्मी विकास बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्ड सुविधा थप गरेको छ, जसले डिजिटल कारोबारमा अझ सहजता ल्याएको छ। ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारासहित वित्तीय समावेशीकरणको यात्रामा अग्रसर महालक्ष्मी विकास बैंकले हालसम्म १०३ शाखामार्फत ८ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै