काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको छ । जसमार्फत ब्याजरदर करिडोरको माथिल्लो र तल्लो सीमा घटेको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा. विश्वनाथ पौडेलले यस्तो घोषणा गरेका हुन् ।
ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंक दरलाई छ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो ।