PRABHU BANK

माछापुच्छ्रे बैंकद्धारा एकैदिन देशका विभिन्न स्थानमा ६ वटा शाखारहित बैंकिङ सेवा संचालनमा

Machhapuchchhre Bank
  • बैंकिङ संसार
काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ शाखारहित बैंकिङ सेवा संचालनम ल्याएको छ । बैंकले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ सेवाको संख्या १४८ पुगेको छ ।
बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका-०३, बालकोटमा, सिराहा जिल्लाको नरहा गाउँपालिका-०३ नरहामा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका-०५ कोलहुवा बगैयामा, मुगु जिल्लाको खत्याड गाउँपालिका-११ रातापानीमा, झापा जिल्लाको शिवसताक्षी गाउँपालिका-१० माईधारामा, झापा जिल्लाकै कन्काई नगरपालिका-०९ घौलाडुब्बामा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने भएको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ । बैंकले हालसम्म १ सय ६० वटा शाखाहरु लगायत १ सय ४८ वटा शाखा रहित बैकिङ सेवा, १ सय ९८ वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै