prabhu

मौद्रिक नीति तर्जुमा गर्नका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम (फोटोफिचर)

काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्नका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको थापाथली कार्यालयमा आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीति निर्माणमा बैंकर्स, निजी क्षेत्र, पत्रकार र अन्य सरोकार राख्ने क्षेत्रसँग सुझाव तथा अन्तरक्रिया आयोजना गरेको हो।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले नयाँ मौद्रिक नीतिको मस्यौदा निर्माण गरिरहेको छ। मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) अनुसार विभागले मौद्रिक नीति तर्जुमाका सिलसिलामा सम्बन्धित सरोकारवालासँग पत्राचार गरी राय-सुझाव माग गर्नु्पर्ने छ।

विभागले गत जेठ २६ गते सरोकारवालसँग सुझाव माग गरिसकेको छ। हाल प्राप्त सुझावहरुलाई औचित्यका आधारमा विभागको मस्यौदामा समावेश गर्ने क्रममा छ।

साथै, कार्यविधिअनुसार विभागले मौद्रिक नीतिको मस्यौदा तयार गर्ने सिलसिलामा सम्बन्धित सरोकारवाला तथा विषय विज्ञसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी राय/सुझाव संकलन गर्नु पर्छ। यस्तो कार्य विभागले असारको १५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख भए पनि अन्तरक्रिया कार्यक्रम असार २० गतेमात्रै बोलाइएको छ।

आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साताभित्रै सार्वजनिक हुने विभागले जानकारी दिएको छ। तस्विरमा हेर्नुहोस् कार्यक्रमका खास झलक:

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै