DISH HOME

राष्ट्र बैंकको ढुकुटीमा पैसा थुप्रिनु अर्थतन्त्रका लागि घातक : पूर्व गभर्नर चिरञ्जीवी नेपाल

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जीवी नेपालले लगानीयोग्य रकम राष्ट्र बैंकको ढुकुटीमा थुप्रिनु देशको अर्थतन्त्रका लागि घातक संकेत भएको बताएका छन्। हालको अवस्थामा बैंकिङ प्रणालीमा प्रशस्त तरलता भए पनि त्यो रकम उत्पादनमूलक क्षेत्रमा प्रवाह नहुनु चिन्ताजनक रहेको उनको भनाइ छ।

‘वित्तीय प्रणालीमा पैसा बढी हुनु राम्रो होइन,’ उनले भने, ‘राष्ट्र बैंकले प्रशोचन (liquidity absorption) का उपाय अपनाउनु परेको छ। तर यस्तो पैसा राष्ट्र बैंकमा थन्क्याएर राख्नुको साटो उत्पादन र रोजगारी सिर्जना हुने क्षेत्रमा लगानी बढाउने उपाय खोजिनुपर्छ।’

पूर्व गभर्नर नेपालका अनुसार हाल रेमिट्यान्स उच्च दरमा भित्रिरहेको छ, तर लगानी वातावरण भने कमजोर बनेको छ । उनले भने, ‘अर्थतन्त्र अझै चलायमान हुन सकेको छैन, अघिल्लो लगानी पनि पूर्ण रुपमा उठ्न सकेको अवस्था छैन।’

बैंकहरू अहिले नयाँ कर्जा प्रवाह गर्नभन्दा पहिलेका लगानीहरू असुल गर्नमै केन्द्रित देखिन्छन् । यसैले जोखिम लिनु भन्दा सुरक्षित विकल्पको रूपमा बैंकहरूले राष्ट्र बैंकमा रकम राख्न थालेको उनले बताए। ‘खराब कर्जाको चापले बैंकहरू सशंकित छन्,’ नेपालले स्पष्ट पारे।

उनले दीर्घकालीन आर्थिक सुधारका लागि बैंकहरूलाई राष्ट्र बैंकको ढुकुटीमा आश्रित बन्ने प्रवृत्तिबाट हटाउनुपर्नेमा जोड दिए। साथै, निजी क्षेत्रलाई उत्पादनमुखी लगानीतर्फ प्रोत्साहित गर्ने नीतिगत हस्तक्षेप जरुरी रहेको उनले औंल्याए।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै